दफा ४४
डाँक थैला वा हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिले अनुमति नलिई वा सूचना नदिई आफूखुसी आफनो काम छोडेमा सजाय
: हुलाकबाट चलान गर्दाको अवस्थामा डाँक, थैला वा हुलाक वस्तु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले अनुमति नलिई वा १ महीनाको पूर्वसूचना नदिई आफु खुशी आफनो अड्डाको काम छोडेमा निजलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।